Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

महाराष्ट्र राज्यको उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटना, पवारको मृत्यु

काठमाडौं | भारतको महाराष्ट्र राज्यको उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान बारामतीमा बुधबार बिहान दुर्घटनाग्रस्त भएको छ । प्रारम्भिक विवरण अनुसार बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना भएको जानकारी गराइएको छ । दुर्घटनामा उपमुख्यमन्त्री अजित पवारको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । बीबीसीले डायरेक्टोरेट जनरल अफ सिविल एभिएसन (डीजीसीए)लाई उदृत गर्दै विमानमा सवार कसैको पनि बाँच्ने सम्भावना नदेखिएको उल्लेख गरेको छ ।

पवार जिल्ला परिषद् निर्वाचनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन बारामती पुगेका थिए । विमानमा अजित पवारसँगै उनका निजी सहायक, सुरक्षाकर्मी तथा विमानका कर्मचारी सवार थिए ।

विमान के कारणले दुर्घटना भयो भन्ने खुल्न सकेको छैन । दुर्घटनास्थलमा ठूलो संख्यामा उद्धार टोली र स्थानीय खटिएका छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार