Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, सयौँ यात्री अलपत्र

बागलुङ । मङ्गलबार रातिदेखिको वर्षासँगै भएको भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। बागलुङ र पूर्वी रुकुमको सिमानामा पर्ने पाती हाल्ने क्षेत्रमा हिमपात हुँदा सडक बन्द भएको हो।

लोकमार्ग अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प भएका छन् र सयौँ यात्रु अलपत्र परेका छन्। इलाका प्रहरी कार्यालयका प्रमुख तिलक मानन्धरका अनुसार निरन्तर हिमपात भइरहेकाले तत्काल सडक सञ्चालन हुने सम्भावना न्यून छ।

काठमाडौंबाट रुकुम, जाजरकोट र डोल्पातर्फ छुटेका सवारीसाधन निसीखोला गाउँपालिका–६ भल्कोट सिपमा रोकिएका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार