NL न्यूज
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्लास्तरमा आचारसंहिता प्रभावकारी बनाउन सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमन अधिकृतका रूपमा जिम्मेवारी दिइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका विषयको जिम्मेवारी दिइएको छ भने प्रमुख कोष नियन्त्रक र कोष नियन्त्रकहरूलाई आर्थिक विषयसँग सम्बन्धित अनुगमनको जिम्मेवारी तोकिएको आयोगले जनाएको छ।
आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वासनीय बनाउन निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ। आचारसंहिता माघ ४ गतेदेखि लागू भइसकेको छ।
प्रकाशित मिति:
बुधबार, माघ १४, २०८२
०९:३७
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्