NL न्यूज
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिम नेपालका पहाडी र तराई भूभागमा वर्षा भइरहेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यसको सबैभन्दा बढी प्रभाव सुदूरपश्चिम प्रदेशमा देखिएको छ। पछिल्लो १२ घण्टामा डडेलधुरामा २९.६ मिलिमिटर वर्षा भएको छ। हाल कर्णाली र लुम्बिनी प्रदेशमा बढी पानी परिरहेको छ।
वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार बादल पूर्वतिर सर्दै गए पनि प्रभाव क्रमशः कम हुँदै जानेछ। काठमाडौं उपत्यकामा आज दिउँसो हल्का पानी पर्ने सम्भावना छ भने घाम लाग्ने सम्भावना कम छ।
मधेश र झापा बाहेक प्रायः सबै ठाउँमा हल्का वर्षा र मनाङ–मुस्ताङसहित हिमाली भेगमा मध्यम हिमपातको सम्भावना छ। आज साँझबाट मौसममा सुधार हुने विभागले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्