NL न्यूज
जनकपुरधाम । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा धारिलो हतियार प्रहार गरी आमा–छोराको हत्या भएको छ भने बुवासहित तीन जना घाइते भएका छन्।
मृत्यु हुनेमा ३२ वर्षीय रामेश्वर मण्डल र उनकी ५२ वर्षीया आमा सुमित्री देवी रहेका छन्। बुवा जगरुक मण्डल गम्भीर घाइते छन्। घटना आज बिहान करिब ३ बजेतिर भएको बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले जानकारी दिए।
एक अज्ञात व्यक्ति घरभित्र पसेर अन्धाधुन्ध धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घाइते तीन जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।
प्रकाशित मिति:
बुधबार, माघ १४, २०८२
०८:२६
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्