NL न्यूज
काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनप्रति पूर्ण प्रतिबद्धता जनाएको छ। पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले चुनावी सुरक्षाको सुनिश्चितता सरकारको जिम्मेवारी भएको बताए।
चालिसेले भने, “कांग्रेस लोकतान्त्रिक पार्टी हो। जनता मालिक हुन्। शासनको वैधता जनताको मतमा आधारित छ। हरेक मतदाताले स्वतन्त्र र निर्भीकतापूर्वक मतदान गर्न पाउनु उनको हक हो। उम्मेदवारले पनि निर्भीकतापूर्वक र सुरक्षित वातावरणमा प्रचार गर्न पाउनुपर्छ। यस वातावरणको सुनिश्चितता सरकारको दायित्व हो।”
उनले सबै राजनीतिक दल, मतदाता र प्रशासनलाई संयमित, जिम्मेवार र कानुनअनुसारको वातावरण निर्माणमा ध्यान दिन आग्रह गरे।
साथै, उनले आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धी पुरानै पार्टी हुने पनि स्पष्ट पारे।

प्रकाशित मिति:
मंगलबार, माघ १३, २०८२
१७:२३
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्