Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

प्रतिस्पर्धा पुरानै पार्टीसँग हुने नेपाली कांग्रेसको दावी

काठमाडौं ।  नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा पुरानै पार्टीसँग प्रतिस्पर्धा हुने संकेत दिएको छ। पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले फागुन २१ गते हुने निर्वाचनमा मतदाताले पुरानै पार्टीबीच निर्णय गर्ने बताए।

चालिसेले भने, “यो गम्भीर कुरा हो। मतदाताले भोट हालेर निर्धारण गर्ने कुरा पनि हो। तर, पुरानै पार्टीबीच प्रतिस्पर्धा हुनेछ भन्ने लाग्छ।”
उनले हालै सम्पन्न विशेष महाधिवेशनपछि नयाँ नेतृत्व र संरचनासहित निर्वाचन अभियानलाई तीव्रता दिइएको जानकारी दिए।

चालिसेले १६५ वटै निर्वाचन क्षेत्रमा पार्टीले उम्मेदवारी दिएको उल्लेख गर्दै भने, “पार्टीका नीति, योजना र कार्यक्रमलाई प्राथमिकता दिँदै जनतामा विश्वास र भरोसा स्थापित गर्ने प्रयास गरिनेछ।”

उनको अभिव्यक्तिले कांग्रेसले आफ्नै संगठन बलियो पार्दै चुनावी तयारीलाई केन्द्रित बनाएको र पुरानै प्रतिस्पर्धीलाई चुनौती दिने रणनीति लिएको संकेत दिएको विश्लेषकहरूले बताउँछन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार