Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

अनर एक्स९डीको प्रि–बुकिङमा कार उपहार

काठमाडौं | अनरले नेपालमा आफ्नो नयाँ स्मार्टफोन अनर एक्स९डीको सार्वजनिक गर्ने घोषणा गरेको छ । अनरको नयाँ फोनले आधुनिक प्रयोगकर्ताको सम्पूर्ण आवश्यकता पूरा गर्ने विश्वास कम्पनीको छ । अनर एक्स९डी २.५ मिटर ड्रप रेसिस्टेन्स, आईपी६९के रेटिङयुक्त, लामो समयसम्म चल्ने ८३०० एमएएच क्षमताको ठूलो ब्याट्री, तथा प्रत्येक क्षणलाई स्पष्ट र जीवन्त रूपमा कैद गर्ने १०८एमपी उच्च रेजोलुसन क्यामेरा जडित हुने छ । 

अनर एक्स९डी दुई भेरियन्टमा उपलब्ध हुने पनि कम्पनीले जानकारी दिएको छ । ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको फोनका लागि ग्राहकले ५४ हजार ९९९ तिर्नुपर्ने छ भने १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेजका लागि ५९ हजार ९९९ तिर्नुपर्ने छ । अनर एक्स९डी  स्मार्टफोनको लञ्च अवसरमा अनरले ग्राहकहरूका लागि आकर्षक प्रि–बुकिङ अफर सार्वजनिक गरेको छ। प्रि–बुकिङ अवधि २०२६ जनवरी २३ देखि जनवरी २८ सम्म रहनेछ, जसअन्तर्गत प्रारम्भिक ग्राहकहरूले विशेष लाभहरू प्राप्त गर्न सक्नेछन्।

यस अफर अन्तर्गत प्रि–बुकिङ गर्ने ग्राहकहरूले रु. १५,९९९ मूल्य बराबरको अनर च्वाइस वाच २ प्रो निःशुल्क प्राप्त गर्नेछन्। साथै, रु. २०,००० मूल्य बराबरको १ वर्षे सेवा सुविधा पनि उपलब्ध गराइनेछ, जसमा स्क्रिन रिप्लेसमेन्ट, ब्याक रिप्लेसमेन्ट तथा पानीबाट हुने क्षतिको मर्मत समावेश छ, जसले ग्राहकलाई थप सहजता र मानसिक शान्ति प्रदान गर्दछ। यस्तै एक जना भाग्यशाली प्रि–बुकिङ ग्राहकले रु. ५८,९९,९९९ मूल्य बराबरको बिल्कुल नयाँ डिप्पल एस ०५ कार जित्ने अवसर पनि पाउनेछन्। 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार