NL न्यूज
काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रयासलाई ‘दुर्घटना’ भन्दै अब आफ्नो पार्टीको अस्तित्व जोगाउँदै अघि बढ्ने उद्घोष गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले अब कुनै पनि हालतमा पार्टीको नाम र चुनाव चिन्ह अरू दलसँग विलय हुन नदिइने स्पष्ट पारेका छन्। घिसिङले रास्वपासँगको छोटो समयको एकता प्रयासलाई पार्टीको ‘कोमा’ जस्तो अवस्थाको रूपमा वर्णन गर्दै भने,
“पार्टी गठन भएको तीन महिना पनि पुगेको छैन, तर हामी बिचमा कोमामा पुग्यौँ। अहिले तन्दुरुस्त भएर निस्किएका छौँ, अब हाम्रो नाम र चिन्ह कतै हराउन दिने छैनौँ। अन्य दलहरू आफ्नो पार्टीमा समाहित हुन सक्ने तर हामी अरूमा मिसिन जाने छैनौँ।”
आसन्न प्रतिनिधि सभा निर्वाचनमा उज्यालो नेपाल पार्टीका तर्फबाट १२१ जना उम्मेदवार चुनावी मैदानमा रहेको जानकारी दिँदै उनले मतदातासँग आफ्ना उम्मेदवारलाई जिताउन अपिल पनि गरे। घिसिङले नयाँ दलहरूले निर्वाचनमा गरिरहेको तडकभडक र खर्चिलो प्रचारप्रसारप्रति दुःख व्यक्त गर्दै कम खर्चमा चुनाव लड्नुपर्नेमा जोड दिए।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा आफूले लोडसेडिङ अन्त्य गर्ने उपलब्धि हासिल गरेको स्मरण गराउँदै उनले अब मुलुकको समग्र विकासका लागि राजनीतिक रूपमा ‘उज्यालो नेपाल’को विकल्प नभएको दाबी पनि गरे।

प्रकाशित मिति:
मंगलबार, माघ १३, २०८२
१६:२८
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्