NL न्यूज
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहलाई अघि बढाउन देशी–विदेशी शक्तिहरूले ठूलो लगानी गरिरहेको आरोप लगाएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टीमा चुरे भावर पार्टी समायोजन कार्यक्रममा बोल्दै दाहालले देशमा विचार, सिद्धान्त, त्याग, तपस्या र बलिदानको आधारमा अघि बढ्ने नेता भन्दा स्टन्ट र लोकप्रियतामा आधारित नेतृत्वलाई बढावा दिइएको बताए।
‘अहिले देशमा विचार, सिद्धान्त, राजनीति, त्याग र तपस्या सम्मान गर्ने, सामाजिक न्याय र भ्रष्टाचार विरोधी अभियान चलाउने, आर्थिक विकासको पक्षमा काम गर्ने भन्दा स्टन्टमार्फत पपुलर हुनेलाई देशी–विदेशी शक्तिहरूले ठूलो लगानी गरिरहेका छन्,’ दाहालले भने।
संयोजक दाहालले मुलुकमा राष्ट्रिय तागत निर्माण गर्न र देश तथा जनताको पक्षमा काम गर्न कम्युनिष्ट तथा बामपन्थी शक्तिहरूबीचको एकता अभियानलाई तिब्रता दिनुपरेको पनि उल्लेख गरे। ‘इतिहास र विचारको सम्मान गर्दै राजनीतिक मूल्य र मान्यतामा आधारित आन्दोलनलाई संगठित गर्नु हाम्रो ऐतिहासिक आवश्यकता हो। यही सोचका साथ नेपाली कम्युनिष्ट पार्टीको निर्माण प्रक्रिया, धुव्रिकरण र एकताको प्रक्रिया अघि बढाइएको हो,’ उनले थपे।

प्रकाशित मिति:
मंगलबार, माघ १३, २०८२
१६:२४
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्