Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

प्रचण्डको रास्वपाप्रति कटाक्ष, “सोसल मिडियामा स्टन्टबाजले जनताको दिमाग चाट्दैन”

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामाजिक सञ्जाल गतिविधिलाई चुनावी समयमा जनतालाई भ्रममा पार्ने प्रयास भन्दै आलोचना गरेका छन्।

मंगलवार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका एकता पक्षधरसँगको एकता घोषणा कार्यक्रममा बोल्दै दाहालले रास्वपा नेतृत्वमा विचार र सिद्धान्तको खडेरी रहेको र उनीहरूले केवल सोसल मिडियामा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम गरिरहेको आरोप लगाएका हुन्।

‘घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन,’ दाहालले भने, ‘अहिले यहाँ सिद्धान्त र विचारको खडेरी छ। जनतालाई चाट्नका लागि मात्र सोसल मिडियामा स्टन्टबाज भइरहेको छ। यसलाई हामी सबै एकतावद्ध भएर मात्र क्रस गर्न सक्छौँ।’ उनले सबै बामपन्थी शक्तिलाई एकतावद्ध भएर अघि बढ्न आह्वान गर्दै भने, ‘हामी सबै मिलेर एउटा विशाल समाजवादी भवन निर्माण गरौं। त्यसैले मात्र देश र जनताको वास्तविक सेवा हुन सक्छ।’

दाहालले मोहन वैद्य–किरणलाई पनि आफ्नो पार्टीमा सम्मानका साथ स्वागत गर्ने घोषणा गरे। यसअघि दाहालले बाम एकता र साझा कार्यक्रममार्फत देशको राजनीतिक स्थायित्व र समाजवादी लक्ष्यप्रति प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार