NL न्यूज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता खगेन्द्र सुनारले ‘गाई काटेर खान पाउनुपर्ने’ भन्ने अभिव्यक्तिसँग जोडेर फैलाइएको सामग्रीप्रति कडा आपत्ति जनाउँदै भिडियोमार्फत स्पष्टिकरण दिएका छन्। उक्त विषय सामाजिक सञ्जालमा तीव्र आलोचना र विवादको विषय बनेपछि उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
स्पष्टिकरण भिडियोमा सुनारले आफू शुद्ध साकाहारी भएको र कुनै पनि पशुपंक्षीको हत्या समर्थन नगर्ने बताएका छन्। ‘म शुद्ध साकाहारी हुँ। कुनै पनि पशुपंक्षी हत्याको पक्षमा छैन। सबैको धार्मिक आस्था र सामाजिक सद्भावको सम्मान गर्छु,’ उनले भनेका छन्। सुनारले प्रविधिको दुरुपयोग गर्दै आफ्नो फोटो तथा भिडियोमा ‘राष्ट्रिय जनावर गाई खानुपर्छ’ भन्ने भावको फेक अडियो जोडेर बदनाम गराउने प्रयास भएको दाबी गरेका छन्। ‘साकाहारी जोगीलाई मासुको आरोप सुहाउँदैन। भिडियो सत्य होइन,’ उनले स्पष्ट पारेका छन्।
उनले राष्ट्र र राष्ट्रियताप्रति आफू सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै चुनावी समयमा आफूलाई आलोचित र विवादित बनाउन योजनाबद्ध रूपमा फेक सामग्री फैलाइएको जिकिर गरे। ‘भाइ मारेकाले गाईको मुद्दा उठाएर अर्को मुद्दा दबाउन खोज्दैमा हामी भाग्दैनौँ,’ उनको भनाइ छ।
यसअघि केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठकले रास्वपा उम्मेदवार सुनारको कथित अभिव्यक्तिबारे पार्टीको आधिकारिक धारणा माग गर्दै वक्तव्य जारी गरेका थिए। बाँके–३ बाट रास्वपा उम्मेदवार बनेका अभियन्तासमेत रहेका सुनारले ‘खसी खान पाइने हो भने गाई पनि खान पाउनुपर्छ’ भनेको दाबी गरिएको भिडियो सार्वजनिक भएपछि विवाद चर्किएको थियो।
महामन्त्री पाठकले सो अभिव्यक्तिले सामाजिक सद्भावमा असर पार्न सक्ने भन्दै रास्वपाले आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।

प्रकाशित मिति:
मंगलबार, माघ १३, २०८२
१४:०१
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्