NL न्यूज
काठमाडौं । मुलुकमा आम निर्वाचनको घोषणा भएसँगै देश चुनावमय बनेको भए पनि वैदेशिक रोजगारीका लागि विदेशिने नेपालीको संख्या तीव्र रूपमा बढिरहेको छ। पछिल्लो ६ महिनामा मात्रै झन्डै ६ लाख नेपाली कामको खोजीमा विदेशिएका छन्।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्तसम्म ५ लाख ९० हजार ७ सय १८ जनाले श्रम स्वीकृति लिएर विदेश प्रस्थान गरेका छन्। तीमध्ये १ लाख ९६ हजार ४२ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।
यस अवधिमा ४ हजार ८ सय ६६ जना जीटुजी (सरकार–सरकार) प्रक्रियामार्फत इजरायल, दक्षिण कोरिया र बेलायत गएका छन्। व्यक्तिगत श्रम स्वीकृति लिएर ६४ हजार २ सय ६२ जना विदेशिएका छन् भने ३ लाख २५ हजार ४ सय ७ जना म्यानपावर कम्पनीमार्फत गएको विभागको तथ्यांकमा उल्लेख छ।
चाडपर्वपछि विदेश जाने क्रम बढ्ने गरेको र नयाँ वर्षसँगै निर्माण तथा सेवा क्षेत्रमा श्रमिकको माग बढ्दा यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। गन्तव्य मुलुकको हिसाबले खाडी मुलुक, मलेसिया, जापान, दक्षिण कोरिया तथा युरोपेली देशहरू नेपाली श्रमिकका प्रमुख गन्तव्य बन्दै गएका छन्। खाडी र मलेसियामा अदक्ष तथा अर्धदक्ष श्रमिकको माग उच्च रहँदा जापान र कोरियातर्फ भाषा तथा सीपयुक्त श्रमिकको आकर्षण बढ्दो देखिएको छ।
६ महिनामै ५ हजार ७ सय बढी ठगीका उजुरी
विदेशिनेको संख्या बढेसँगै वैदेशिक रोजगारीका नाममा ठगीका घटना पनि बढेका छन्। विभागको अर्धवार्षिक प्रगति विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ५ हजार ७ सय ६६ वटा ठगीसम्बन्धी उजुरी दर्ता भएका छन्।
उजुरीमध्ये उद्धार, राहत तथा समन्वय शाखामा ५६८, प्रहरी शाखामा २ हजार ६३७ र मुद्दा अनुसन्धान शाखामा २ हजार ५६१ वटा उजुरी परेका छन्। कुल उजुरीमध्ये ९०.१५ प्रतिशत व्यक्तिगत ठगीसँग सम्बन्धित छन् भने ९.८५ प्रतिशत मात्रै म्यानपावर कम्पनीसँग सम्बन्धित रहेका छन्।
गत आर्थिक वर्ष २०८१/८२ को १२ महिनामा करिब ५ हजार उजुरी दर्ता भएका थिए। अघिल्लो वर्षको तुलनामा यस वर्षको छ महिनामै बढी उजुरी पर्नुले ठगीको जोखिम बढ्दो रहेको संकेत गरेको विभागका अधिकारीहरू बताउँछन्।
रोजगारीका अवसर अभाव, युरोप जाने प्रलोभन, र सामाजिक सञ्जालमार्फत हुने अनधिकृत विज्ञापनका कारण नेपालीहरू ठगीमा पर्ने क्रम बढिरहेको विभागको निष्कर्ष छ।

प्रकाशित मिति:
मंगलबार, माघ १३, २०८२
१३:५८
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्