NL न्यूज
काठमाडौं । राष्ट्र निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारीले देशमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने उद्देश्यसहित पार्टी गठन गरिएको दाबी गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले राष्ट्र निर्माण दलको मुख्य लक्ष्य आर्थिक आत्मनिर्भरता र जनमुखी विकास रहेको बताए।
उनका अनुसार गुणस्तरीय शिक्षा विस्तार, साक्षरता दरमा सुधार तथा सातै प्रदेशमा सस्तो, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु पार्टीको प्रमुख एजेण्डा हो।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी पार्टी प्रवेश गरेका नेताहरूलाई स्वागत गर्दै अन्सारीले रास्वपालाई ‘पूँजीवादी दल’ को संज्ञा दिए। उनले पैसा कमाउने उद्देश्यले नभई देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने राजनीतिक शक्ति आवश्यक रहेको उल्लेख गर्दै राष्ट्र निर्माण दलले मात्र मुलुकलाई निकास दिन सक्ने दाबी गरे।
अन्सारीको भनाइलाई नयाँ राजनीतिक विकल्प खोजिरहेका मतदातालाई लक्षित सन्देशका रूपमा हेरिएको छ।





प्रतिक्रिया दिनुहोस्