NL न्यूज
सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू सक्दो समय आफ्नै निर्वाचन क्षेत्रमा बसेर काम गर्ने बताएका छन्। सर्लाही पुगेका थापाले मतदातासँगको संवादमा अरू नेताहरूझैँ हतार–हतार आउने, फोटो खिच्ने र फर्किने राजनीति आफूले नगर्ने स्पष्ट पारे।
उनले भने, ‘म पार्टीको जिम्मेवारीमा अरू निर्वाचन क्षेत्र जान्छु, तर फेरि यहीँ फर्किन्छु। सम्भव भएसम्म बढीभन्दा बढी दिन यहीँ बस्छु। गाउँ–गाउँ पुग्छु। तर चुनावको बेला मात्रै आएर हतार–हतार सबै कुरा ढाकछोप गर्ने, फोटो खिच्ने, हात हल्लाउने र छुमन्तर भएर जाने काम म गर्दिनँ।’
थापाले स्थानीय भाषा प्रयोगलाई पनि सतही प्रदर्शनका रूपमा नलिने बताए। पार्टीका नेताहरूले दुई लाइन भए पनि यहाँको भाषामा बोल्न सिक्न सुझाव दिएको तर आफू त्यसरी ‘रातभरि घोकेर’ भाषण गर्न नआउने उनको भनाइ थियो।
‘म यहाँको भएपछि ६, ८, १० महिना वा एक वर्ष लागोस्, यहाँका मानिसलाई नामले चिन्न चाहन्छु,’ उनले भने, ‘९–१० महिनापछि एक लाइन होइन, माइक समातेर यहाँकै भाषामा धाराप्रवाह बोल्ने अवस्थामा पुग्छु।’
थापाले नौटङ्की र चटके भाषण नगर्ने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई मतदाताको साथी, भाइ र छोराको भूमिकामा प्रस्तुत गरे। आगामी फागुन २१ सम्म वडागत छलफल गरेर ठोस कार्ययोजना बनाइने र त्यसअनुसार संगठित रूपमा अघि बढ्ने उनले बताए।
उनको अभिव्यक्तिलाई निर्वाचन क्षेत्र केन्द्रित दीर्घकालीन राजनीति र ‘ग्राउन्डेड लिडरशिप’को सन्देशका रूपमा हेरिएको छ।

प्रकाशित मिति:
मंगलबार, माघ १३, २०८२
१३:५१
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्