NL न्यूज
सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनबाट पनि आफू नै सभापति बन्ने दाबी गरेका छन्। सर्लाहीको बलरा नगरपालिकामा आयोजित अगुवा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै थापाले नेतृत्वबाट पछि नहट्ने स्पष्ट संकेत दिएका हुन्।
उनले आफू विशेष महाधिवेशनबाट भर्खरै मात्र सभापति बनेको स्मरण गराउँदै भने, ‘म भाग्ने मान्छे होइन। म कांग्रेसको सभापति बल्ल बनेको छु। महाधिवेशन आउँदै छ, फेरि बन्नुछ। त्यसपछि केही समय क्रियाशील राजनीतिमा रहनेछु।’
थापाले आफू मधेशको छोरा बनेर सर्लाही–४ आएको उल्लेख गर्दै निर्वाचन क्षेत्रबारे पनि संकेत गरेका छन्। उनले काठमाडौं–४ का जनताले आफूलाई त्यहीँबाट चुनाव लड्न आग्रह गरिरहेको बताउँदै आगामी निर्वाचनमा सर्लाही–४ का मतदाताले पनि त्यतै आग्रह गर्ने अवस्था बनाउने दाबी गरे।
उनको अभिव्यक्तिलाई कांग्रेसभित्र नेतृत्व निरन्तरताको संकेतका रूपमा हेरिएको छ भने मधेश केन्द्रित राजनीतिक सन्देश दिन खोजिएको टिप्पणी पनि गरिएको छ।





प्रतिक्रिया दिनुहोस्