NL न्यूज
काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले हरिबोल गजुरेलसहितका नेताहरूमाथि गरिएको कारबाहीप्रति आपत्ति जनाएका छन्।
खनालले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गजुरेलसहितका नेतामाथि गरेको कारबाहीप्रति असहमति व्यक्त गरेका हुन्।
उनले वरिष्ठ नेताहरूलाई स्पष्टीकरण दिने अवसरसमेत नदिई पार्टीबाट निष्कासनजस्तो कठोर निर्णय लिइनु र विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रूपमा जानकारी नदिइ एकाएक सञ्चारमाध्यममार्फत् मात्र जानकारी हुनु आश्चर्यजनक भएको उल्लेख गरेका छन्।
पार्टीको निर्णयविपरीत सिन्धुली–२ बाट प्रतिनिधिसभा सदस्यमा महेश्वर दाहालले उम्मेदवारी दर्ता गरेपछि नेता हरिबोल गजुरेल र महेश्वर दाहाल सहित ७ जनालाई पार्टीबाट निष्कासन गरिएको थियो।

प्रकाशित मिति:
सोमबार, माघ १२, २०८२
१०:०८
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्