NL न्यूज
अमेरिकामा आइतबार आएको भीषण हिम आँधीले देशभरको जनजीवन अस्तव्यस्त बनाएको छ। आँधीका कारण करिब १० लाख घर तथा व्यवसायमा विद्युत् सेवा अवरुद्ध भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिङ्टन डिसीसहित २० वटा राज्यमा आपत्काल घोषणा गरेका छन् । । आपत्काल घोषणासँगै फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले प्रभावित राज्यहरूमा राहत सामग्री, जनशक्ति तथा खोज तथा उद्धार टोली परिचालन गरेको छ।
डेली मेलका अनुसार न्युयोर्कसहित विभिन्न राज्यमा हालसम्म कम्तीमा १३ जनाको मृत्यु भइसकेको छ।
हिम आँधीका कारण हवाई सेवा समेत गम्भीर रूपमा प्रभावित भएको छ। सबैभन्दा बढी प्रभावित टेनेसी राज्यमा आइतबार दिउँसोसम्म करिब ३ लाख ३७ हजार घर र व्यवसायहरू विद्युत् विहीन बनेका छन्। लुइसियाना, मिसिसिपी, केन्टकी, जोर्जिया, अलाबामा र वेस्ट भर्जिनियामा पनि लाखौँ मानिस अन्धकारमा बस्न बाध्य छन्।





प्रतिक्रिया दिनुहोस्