Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

ओलीका दाहिना, तर परेनन् प्रतिनिधिको रोजाइमा : किन फेल भए विष्णु रिमाल ? Lead Report

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र तथा ‘दाहिना हात’का रूपमा चिनिने विष्णु रिमाल पार्टीको ११ औँ महाधिवेशनमा उपमहासचिव पदमा पराजित भएका छन् । अध्यक्ष ओलीसँग नजिक रहेर नीति, संगठन र सत्ता सञ्चालनमा प्रभावशाली भूमिका खेलेका रिमालको पराजयले एमालेभित्र नेतृत्व चयनको गणित र कार्यकर्ताको मनोविज्ञानबारे नयाँ बहस जन्माएको छ ।

रिमाल ११ औँ महाधिवेशनमा उपमहासचिवका उम्मेदवार थिए । अध्यक्ष ओलीको बलियो समर्थन रहेको मानिए पनि मतदान परिणामले उनलाई प्रतिनिधिको रोजाइमा पर्न दिएन । यसले एमालेभित्र ‘नेतृत्वसँग नजिक हुनु र कार्यकर्ताबाट मत पाउनु फरक कुरा हो’ भन्ने सन्देश स्पष्ट गरेको विश्लेषण हुन थालेको छ ।

पार्टीभित्र लामो समयदेखि वैचारिक तथा रणनीतिक भूमिकामा सक्रिय रिमाल सरकार र पार्टी सञ्चालनमा निर्णायक तहमा रहे । ओली प्रधानमन्त्री हुँदा उनी राजनीतिक सल्लाहकारका रूपमा प्रभावशाली देखिएका थिए । तर ... हेर्नुहोस् भिडियोमा




 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार