Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

लुम्बिनीबाट जंगली, झाक्री र केसी राष्ट्रिय सभा सदस्यमा निर्वाचित

लुम्बिनी । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनको बलियो जीत देखिएको छ। महिलातर्फ एमालेकी रामकुमारी झाक्री, अपांगतातर्फ कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’, र अन्य कोटामा कांग्रेसकै चन्द्रबहादुर केसी विजयी भएका छन्।

मतगणना अनुसार, झाक्रीले ६,३३० मतभार प्राप्त गरिन्। उनका प्रतिस्पर्धी नेकपाकी दुर्गा भण्डारीले १,३६२ र राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १४२ मतभार मात्र पाएका थिए।

अपांगतातर्फ बासुदेव घिमिरे ‘जंगली’ ५,३२२ मतभारसहित विजयी भए। नेकपाका सजन विकले १,६०१ मतभार मात्र पाए। अन्य कोटामा चन्द्रबहादुर केसी ५,९७७ मतभारसहित निर्वाचित भए। उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका बृहस्पति अधिकारीले १,८३२ मत र राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मत पाए।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार