Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशमा के छ ?

काठमाडौँ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै पाँच सर्तसहित धरौटी स्वीकार गरेको हो।

अदालतले बचतकर्ता तथा लगानीकर्ताको रकम सुनिश्चित गर्नु पहिलो प्राथमिकता भएको उल्लेख गरेको छ। आदेशअनुसार जिल्ला अदालतबाट २०८१ माघ १३ मा थुनछेक बहसका क्रममा माग गरिएको धरौटी रकम स्वीकार गरिनेछ। साथै, लामिछानेले पेस गरेको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत बिगोका रूपमा सुरक्षित राखिनेछ।

त्यसैगरी, व्यक्तिगत वा संस्थागत रूपमा विदेश यात्रा गर्नुपरेमा अदालतलाई पूर्वजानकारी दिनुपर्ने सर्त राखिएको छ। अन्तिम फैसलाअनुसार बिगोसम्बन्धी थप दायित्व ठहर भएमा तिर्न वा बुझाउन मन्जुर भएको कागज गराई थुनामुक्त गरिने आदेशमा उल्लेख छ।

उच्च अदालतले जिल्ला अदालत रुपन्देहीको २०८२ साउन २६ गतेको आदेशसमेत बदर गरेको छ।

हेर्नुहोस् भिडियोमा
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार