Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

एमाले मतगणना अपडेट : सुरु भयो मतगणना, नतिजा आउन तीन घण्टा लाग्ने

काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा मतगणना सुरु भएको छ । बिहान ८ बजेदेखि हुने भनिए पनि केहीबेर ढिला गरी मतगणना सुरु भएको हो ।

एमाले केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार, मतगणनामा दुवैतर्फका उम्मेदवारहरूको तर्फबाट ५/५ जना प्रतिनिधि राखिएको छ ।

करिब ११ बजेको आसपास नतिजा सार्वजनिक गर्ने एमालेको केन्द्रीय निर्वाचन आयोगको तयारी भएपनि  परिणाम आउन करिब ३ घण्टा लाग्न सक्ने जनाइएको छ ।

एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि बुधबार बिहान साढे ९ बजेबाट मतदान सुरु भएको थियो । मतदान कार्य बिहीबार बिहान ७ बजे सकिएको थियो । २ हजार २६३ मध्ये २ हजार २२७ प्रतिनिधिले मतदान गरेका थिए भने ३६ जनाले भोट हालेनन् । 
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार