Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सकियो एमालेको मतदान, २ हजार २२७ मत खस्यो, ३६ प्रतिनिधिले भोट हालेनन्

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान अहिले बिहान सकिएको छ ।

करिब साढे २१ घण्टामा सकिएको मतदानमा  २ हजार २२७ मत  खसेको छ । ३६ जना प्रतिनिधि मतदानमा अनुपस्थित भएका थिए ।

आजै ११ बजे मतपरिणाम सार्वजनिक गर्ने तयारी रहेको एमालेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।  हिजो बिहान ९ः२० बजेबाट सुरु भएको मतदानमा ८० वटा इलेक्ट्रोनिक मेसिनबाट मतदान गरिएको थियो ।

एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पाखरेल प्यानलसहित प्रतिस्पर्धा गरेका छन् । दुवैको प्यानलमा नपरेकाहरुले स्वतन्त्र उम्मेदवारीसमेत दिएका छन् ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार