NL न्यूज
झापा । झापाको कन्काई नगरपालिकामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। मृत्यु हुनेमा भद्रपुर नगरपालिका निवासी डेढ वर्षीया बालिका आरुती राजवंशी र ४० वर्षीया सुस्मा राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप (मालबाहक) गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा पिकअपमा सवार अन्य १२ जना घाइते भएका छन्। घाइतेहरूको बिर्तामोडस्थित बीएण्डसी अस्पताल र बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
प्रहरीका अनुसार माघे संक्रान्तिको अवसरमा माई नदीमा लागेको मेलामा सहभागी हुन पिकअपमा यात्रुहरू गइरहेका थिए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रकाशित मिति:
बिहीबार, माघ १, २०८२
१५:०८
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्