Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

एमाले ११औं महाधिवेशन : मतदान सुरु, ओली र पोखरेलले एकैसाथ भोट हाले

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

अध्यक्षका उम्मदेवार केपी शर्मा ओली र ईश्वर पोखरेलले भोट हालेर मतदान सुरु गरेका हुन् । ओलीले ७७ नम्बरको मेसिनबाट भोट हालेका हुन् भने पोखरेलले ७६ नम्बरको मेसिनबाट भोट हालेका हुन् । 

हिजो मतदानको तालिका भएपनि प्राविधिक कारण देखाउदै अन्तिममा आएर आजको लागि सारिएको थियो । ३०१ सदस्यीय केन्द्रीय कमिटी चयनको छिनोफानो गर्न २ हजार २ सय ६३ प्रतिनिधिले मतदान गर्दैछन् ।
 
मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन राखिएको छ । एकजनालाई भोट हाल्न ३५ देखि ४० मिनेटसम्म लाग्ने बताइएको छ ।
नयाँ नेतृत्वमा केपी ओली र ईश्वर पोखरेल समूह प्यानलसहित प्रतिस्पर्धामा छन् ।

दुवैको प्यानलमा नपरेकाहरुले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् । 

हेर्नुस भिडियो 
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार