NL न्यूज
काठमाडौं । उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको एकता भंग भएपनि उज्यालो नेपालमा सुरुदेखि रहेका नेताहरू घर फर्किएनन् । कतिपय त रास्वपाको समानुपातिक सूचीमा रहँदै सांसद बन्ने निश्चित भएपछि नफर्किएका हुन् । जसको अग्रपंक्तिमा छिन् – अभिनेत्री रिमा विश्वकर्मा ।
उज्यालो नेपालको पोस्टर गर्ल भनेर चिनिएकी रिमा अचानक राजनीतिक दोसाँधमा परेकी छन्। उज्यालो नेपालबाट राजनीतिमा प्रवेश गरेकी उनी पार्टी बैठकदेखि पत्रकार सम्मेलनसम्म अग्रपंक्तिमा देखिन्थिन्। तर एकता भंगपछि उनको चालढाल एकाएक बदलिएको छ। उज्यालो नेपालको केन्द्रीय समिति बैठकमा ढिलो पुग्नु, बैठक सकिनासाथ कसैलाई नपर्खी बाहिरिनु, अनि पत्रकार सम्मेलनमा पूरै अनुपस्थित हुनु सामान्य संयोगजस्तो देखिँदैन।
रास्वपा स्रोतका अनुसार रिमाको चाहना नै बन्दसूचीबाट नहट्ने हो। कानुनी रूपमा सम्भव पनि छ। तर उज्यालो नेपालमै बसेर रास्वपाको बन्दसूचीमा रहनु राजनीतिक र नैतिक रूपमा असहज हुने कुरा रिमाले आफैं बुझेकी छन् भन्ने बुझाइ रास्वपामा छ। त्यसैले अहिले रास्वपाले उनलाई ‘सेफ–ल्याण्डिङ’ गराउने रणनीति बनाइरहेको चर्चा छ।
विश्वकर्मा बाहेक कुलमानका १८ जना केन्द्रीय सदस्य रास्वपासँगको एकता प्रक्रियामै रहने निर्णयमा पुगे। डा. ताराप्रसाद जोशी नेतृत्वको यो समूह केवल सामान्य कार्यकर्ता होइन, पार्टीको मेरुदण्ड मानिने तहका नेता थिए । उज्यालो नेपालका वार्ता संयोजक र दोस्रो वरीयताका नेताले नै पार्टी छोड्नु भनेको कुलमानका लागि ठूलो राजनीतिक धक्का हो।
कुलमानलाई सुरूदेखि नै सहयोग गर्दै आएका उनेपाका केन्द्रीय सदस्य नेत्रबहादुर कार्कीसहित ठूलो समूह रास्वपामै छ । त्यसैले त कुलमान समर्थकहरू सांसद पदकै लागि उनीहरूले धोका दिएको भन्न थालेका छन् । रास्वपाबाट सांसद बन्ने सम्भावना, राष्ट्रिय स्तरको पार्टीको प्लेटफर्म र संसदीय पहुँचले धेरै नेतालाई तान्नु अस्वाभाविक होइन।
सबैभन्दा चाखलाग्दो कुरा के हो भने, एकता टुटेपछि पनि कोको फर्किएनन् भन्ने सूची दिनप्रतिदिन लामो हुँदै गएको छ। उज्यालो नेपालले सोचेजस्तो एकता नभएपछि सबै नेता आफ्नो छायाँझैं साथ दिने कुलमानले सोचेका थिए । तर पार्टीभित्रै ‘रास्वपा नै सुरक्षित भविष्य हो’ भन्ने मनोविज्ञान बलियो देखिँदा कुलमानले आफ्नैबाट धोका पाएका छन् ।

प्रकाशित मिति:
सोमबार, पुस २८, २०८२
१८:५९
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्