Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा

नयाँ सरकार गठनको प्रक्रिया सुरु

नेपाल लिड ।  मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत नपाउने निश्चित भएपछि बुधबार पदबाट राजीनामा घोषणा गरेका छन्। मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनमै उनले प्रदेशसभामा सम्बोधन गर्दै रोष्टमबाटै राजीनामा दिएको घोषणा गरे।

सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएअनुसार आज प्रदेशसभा बैठक बोलाइएको थियो। तर, मुख्यमन्त्रीको सम्बोधन सुरु हुनासाथ विपक्षी सात दलका ७३ सांसद बैठक बहिष्कार गर्दै बाहिरिए, जसपछि यादवले विश्वासको मत पाउने सम्भावना छैन भन्दै राजीनामा गरेका हुन्।

यसअघि सात दलका ७४ सांसदले यादवको नियुक्ति संविधानविपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। सोही रिटको सुनुवाइपछि अदालतले मंसिर १५ गते विश्वासको मत अनिवार्य लिने आदेश दिएको थियो।

उनको राजीनामासँगै अब संविधानको धारा १६८(२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।             

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार